चैत १६, २०८०, शुक्रबार
               

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ ।

स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीहरूले भने । 

घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकूहरू रहेको पनि सरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकूहरू र सात जना सुरक्षाकर्मीहरू घाइते पनि भएको जनाइएको छ । अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाई गरिरहेको छ । 
अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो । 

अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो बाइडेन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ । 

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षाका गम्भीर घटनाहरूमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि