बैशाख ०८, २०८१, शनिबार
               

म्यानमारमा सुनाइयो १९ जनालाई मृत्युदण्डको सजाय

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । 

सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनका अनुसार सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । गत फेब्रुअरी १ मा भएको सैन्य कूपछि सो सजाय सुनाइएको हो । 

समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । सो जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।
द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स समूहले बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जनाले ज्यान गुमाइसकेको बताएको छ । समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा रहेका छन् ।

म्यानमारमा फेब्रुवरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएको थियो । 

सिएनएन


कस्तो लाग्यो ?

यो पनि