बैशाख १४, २०८१, शुक्रबार
               

लन्डनका लागि म्यान्मारका राजदूतलाई राजदूतावासमा प्रवेश निषेध

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोकिएको छ । फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुचीलगायतको रिहाइ माग गरेका राजदूत मिनले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् ।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन् । दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए । स्रोतलाई उद्धृत गर्दै सिएनएनले सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको उल्लेख गरेको छ।

म्यान्मारमा सेनाले माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन् । म्यान्मारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिनका लागि आयोजना गरिएका प्रदर्शनहरूमा ५०० जनाभन्दा बढी सर्वसाधारणहरूको ज्यान गइसकेको छ। तीमध्ये दर्जनौँ बालबालिका पनि छन्।एजेन्सी


कस्तो लाग्यो ?

यो पनि