बैशाख १४, २०८१, शुक्रबार
               

भारतमा बुधबार थपिए ९७ हजार कोरोना संक्रमित

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतमा बुधबार कोरोना भाइरसबाट थप झण्डै ९७ हजार जना कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी संक्रमित भएका छन् ।  

भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । तीमध्ये ९६ हजार ९८२ जना पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् ।

त्यसैगरी सोही अवधिमा ४४६ जनाको कोरोनाका कारण निधन भएको छ । योसँगै कूल मृतकको सङ्ख्या एक लाख ६५ हजार ५४७ पुगेको अधिकारीहरूले जनाएका छन् । भारतमा अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै गत सोमबार एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए ।  


कस्तो लाग्यो ?

यो पनि