बैशाख ११, २०८१, मंगलबार
               

ब्राजिलमा एकैदिन चार हजारको मृत्यु

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको कूल संख्या एक करोड ३० लाख नाघेको छ । कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् । यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि