जेठ ०६, २०८१, आइतबार
               

बिबिसी संवाददाताले चीन छाडेको शैलीप्रति प्रवक्ता हुआ चुनयिङको आपत्ति

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले सडवर्थले बिबिसी संवाददाताले अनौपचारिक रुपमा चीन छाडेको भन्दै आपत्ति प्रकट गरेकी छिन् । बिबिसी संवादाता सडवर्थले चिनियाँ अधिकारीलाई कुनै सूचना नदिइए र औपचारिकतासमेत पूरा नगरी चीन छाडेको भन्दै प्रवक्ता चुनयिङले आपत्ति जनाएकी हुन् । 

प्रवक्ता हुआ चुनयिङ भन्छिन्, ‘जोन सडवर्थलाई आफ्नो सुरक्षाको चिन्ता थियो भने प्रहरीसँग सम्पर्क गर्नुपथ्र्यो । तर उनले भाग्ने निर्णय किन गरे ? उनी यति छिटो चीनबाट किन गए ? उनलाई के कुराको डर थियो । हामी यो कुरा बुझ्छौं, त्यो अपराधवोधग्रस्त हुनु ।’

‘सिनजियाङ प्रान्तका नागरिकले उनीविरुद्ध मुद्दा हाल्छन् भन्ने डर उनलाई थियो भने उनी यहीँ बसेर मुद्दा लड्नुपर्थ्यो । किनकी उनले आफूले झूटो रिपोर्टिङ नगरेको दाबी गरिरहेका छन् ।’

चिनियाँ विदेश मन्त्रालयले बिबिसीमाथि कोरोना महामारी र सिनजियाङसँग सम्बन्धित विषयमा झूटो समाचार प्रसारण गरेको आरोप लगाएको छ । 

जोन सडवर्थले चीन छाडेपछि चिनियाँ कम्युनिस्ट पार्टीमाथि मनगढन्ते आरोप लगाइएको पनि प्रवक्ता चुनयिङको भनाइ थियो । तथ्यलाई तोडमरोड गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनमाथि आरोप लगाएको पनि उनको भनाइ छ । उनले भनिन्, ‘तपाईं चीनलाई मन पराउनुहोस् वा मन नपराउनुहोस् त्यो तपाईंको कुरा हो । तर, हामी तपाईंलाई चीनको साखमाथि धब्बा लगाउने अनुमति दिँदैनौँ । हामीले दोस्रो मुलुकबाट चीनमा रिपोर्टिङका लागि आएका पत्रकारहरुका लागि सुविधा दिँदै आएका छौँ । उनीहरुलाई सहयोग गर्दै आएका छौँ ।’

बिबिसीको प्रेस टिमले मार्च ३१ मा संवाददाता जोन सडवर्थ बेइजिङबाट ताइवान सरेको जानकारी दिएको थियो । बिबिसी प्रेस टिमले भनेको थियो, ‘चीन संवाददाताका रुपमा जोन सडवर्थले प्रशंसायोग्य काम गरेका थिए । उनीमाथि संस्था गर्व गर्छ । चिनियाँ प्रशासनले विश्वसामु लुकाउन खोजेको कुरा जोनले बाहिर ल्याएका थिए ।’  


कस्तो लाग्यो ?

यो पनि