बैशाख १७, २०८१, सोमबार
               

म्यानमारमा भएको नरसंहारको विरोधमा नेपालस्थित युएन कार्यालयअगाडि प्रदर्शन

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा नेपालस्थित ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ ।

प्रजातान्त्रिक विचार समाज नेपाल, मानवअधिकार संगठन र न्यायका लागि मानवअधिकारसञ्जालले शुक्रबार संयुक्त रुपमा नेपालस्थित ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (युएन)को कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर्, नागरिक शासन बहाली गर्, शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गरजस्ता नारा लेखिएको व्यानार तथा प्लेकार्ड बोकेका थिए । 

फुब्रवरी १ मा म्यानमारमा सैनिकले कू गरी शासनसत्ता आफ्नो हातमा लिएयता आन्दोलन भइरहेको छ । लोकतन्त्रवादी भनी चिनिने आङसाङ सुकीलाई बन्धक बनाइएको छ भने त्यहाँस्थित सुरक्षा फौजले प्रदर्शनमा उत्रिनेहरुविद्ध क्रूर दमन तथा अमानवीय व्यवहार गर्दै आएको छ । 

यसका अलावा सेनाले जननिर्वाचित नेत्री आङ साङ सूचीसहित उनको दल न्यासनल लिग फर डिमोक्रेसीका नेताहरू र अन्य सयौँ मानिसलाई गिरफ्तार गरेको छ।

म्यान्मारमा सैनिक ‘कू’यता ४३ जना बालबालिकाले ज्यान गुमाएका छन् । त्यसैगरी प्रदर्शनका क्रममा हालसम्म ५३६को मृत्यु भएको छ । 

म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय दूतले ‘थप रक्तपातको अवस्था रहेको’ चेतावनी दिएका छन् । म्यानमार शाकको प्रवृत्तिप्रति विश्वका लोकतान्त्रिक मुलुकले आपत्ति जनाएका छन् । नेपालले पनि म्यानमारको घटनाप्रति आपत्ति जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि