मंसिर ०७, २०८१, शुक्रबार
               

बङ्गलादेशमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

ढाका । बङ्गलादेशमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार दैनिक संक्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । 

महामारी नयाँ उचाइमा पुगेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन् । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोना भाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ ।  बङ्गलादेशमा कोरोना भाइरसबाट अहिलेसम्म कूल ६ लाख ८९५ जना संक्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ । 

मृत्यु भएकामध्ये सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ । 

कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिलेसम्म बङ्गलादेशमा पाँच लाख ३८ हजार १८ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना संक्रमणमुक्त भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि