जेठ ०५, २०८१, शनिबार
               

इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

नेपाल फ्ल्यास
चैत १५, २०७७

ADVERTISEMENT

पूर्वीइन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।

राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरूको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए ।

उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०.३० बजे भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरूलाई ढोका बाहिरै रोकेका थिए ।


कस्तो लाग्यो ?

यो पनि