जेठ ०२, २०८१, बुधबार
               

म्यानमारका सुरक्षाकर्मीले गरे सात वर्षीया बालिकाको हत्या

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । म्यानमारका सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । 

म्यानमारको दोस्रो ठूलो सहर मान्डलेमा खिम म्यो चिट नामकी बालिकालाई सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गर्ने क्रममा सेनाले ती बालिकाको हत्या गरेका हुन् । ‘उनीहरुले लात्ताले हानेर ढोका खोले’ बालिकाकी दिदी २२ वर्षकी मे थु सुमायाले भनिन् ‘ढोका खुलेपछि उनीहरुले बुबालाई घरमा अरु मानिस छ कि छैन भनी प्रश्न गरे ।’

तर, बालिकाको हत्यापछि सेनाका प्रवक्ता ज मिन टुनले आन्दोलनमा अहिलेसम्म १६४ जनाको मृत्यु भएको बताउँदै त्यस घटनाप्रति त्यसप्रति दुख व्यक्त गरेका छन् । ‘उनीहरु पनि हाम्रै नागरिक थिए,’ उनले भने ।


कस्तो लाग्यो ?

यो पनि