बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानले मनायो ८१औँ पाकिस्तान दिवस

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

इस्लामाबाद । पाकिस्तानमा मङ्गलबार ८१औँ पाकिस्तान दिवस मनाइएको छ । परम्परागत रूपमा मनाइँदै आएको एक दिनलाई उन्मुक्तिको दिवस र गणतन्त्र दिवसको रूपमा समेत मनाउने गरिएको छ । 

पाकिस्तानमा हरेक बर्षको मार्च २३ तारिखका दिन विषेश महत्वका साथ यो दिवस मनाउने गरिएको छ । स्वतन्त्र मुस्लीम राज्यका लागि भएको संघर्षले सन् १९४० को मार्च २३ तारिखका दिन सफलता पाएकाले यस दिनलाई पाकिस्तान दिवसको रूपमा मनाउने गरिएको हो । 

दिवसका अवसरमा राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशित गरी पाकिस्तानी नागरिकको सुख, समृद्धि र सुवास्थ्यको कामना व्यक्त गरेका छन् ।

देशलाई राम्रो कल्याणकारी राज्यको रूपमा स्थापित गर्नका लागि राज्यका सबै निकायलाई जनताले र जनतालाई राज्यका निकायहरूले अझ सहयोग गर्नु पर्नेमा उनिहरूले जोड दिएका छन् ।  

सबैका बीचमा सहकार्यलाई पनि उत्तिकै बलियो बनाएर लैजान राष्ट्रपति र प्रधानमन्त्री दुवैले सबैलाई आह्वान पनि गरेका छन् । दिवसका अवसरमा राजधानीमा सैनिक प्रदर्शनी पनि गरिएको थियो भने विभिन्न निकाय र संघसंस्थाले विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि