जेठ ०५, २०८१, शनिबार
               

भारतमा कोरोनाको संक्रमण बढ्दो, पर्व तथा उत्सवहरू नियन्त्रित गरिँदै

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

लय समात्दै गएको कोरोना भाइरसले विश्वलाई फेरि सताउन थालेको छ । कतिपय युरोपेली मुलुकले लकडाउनलगायतका नियम तथा आदेशमा कडाइ गर्न थालेका छन् ।

उता छिमेकी मुलुक भारतमा पनि यसको प्रभाव बढ्दै गएको छ । संक्रमण तीव्र गतिमा फैलिएपछि गुजरातमा भेला भएर पर्व तथा उत्सव मनाउन रोक लगाइएको छ ।

त्यहाँ सीमित व्यक्तिमात्रै जम्मा भएर होली खेल्न छुट दिइएको छ । होलीमा धेरै मानिस जमघट हुने र रमाइलो गर्ने काममा निषेध गरिएको छ ।

गुजरातका उपमुख्यमन्त्री नितिन पटेलले नजिकिएको होली पर्वमा भेला हुन रोक लगाइएको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतका कोरोनाबाट ६ वटा राज्य बढी प्रभावित छन् । गुजरात, महाराष्ट्र, पन्जाब, कर्नाटक, मध्य प्रदेश र केरलामा संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।

बढ्दो संक्रमणसँगै परीक्षणको दायरा पनि विस्तार गरिएको छ । ती राज्यमा हिजो एकै दिन साढे ११ लाख मानिसको परीक्षण गरिएको थियो । हालसम्म भारतमा करिब एक करोड १७ लाख मानिसलाई संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये एक लाख ६० हजारको मृत्यु भइसकेको छ ।  


कस्तो लाग्यो ?

यो पनि