जेठ ०५, २०८१, शनिबार
               

श्रीलङ्कामा बस दुर्घटना हुँदा १४ को मृत्यु, ३० जनाभन्दा बढी घाइते

नेपाल फ्ल्यास
चैत ०७, २०७७

ADVERTISEMENT

श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको  मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति घाइते भएका छन् ।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् । 

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् । 


कस्तो लाग्यो ?

यो पनि