जेठ ०५, २०८१, शनिबार
               

मेक्सिकोमा अज्ञात समूहको आक्रमणमा १३ प्रहरीकाे हत्या

नेपाल फ्ल्यास
चैत ०६, २०७७

ADVERTISEMENT

मेक्सिकोमा अज्ञात हतियारधारीको आक्रमणमा १३ प्रहरी मारिएका छन् । बिहीबार राजधानी सहर मेक्सिको सिटीबाट केही बाहिर जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण गरी मारिएकाे समाचारमा उल्लेख छ ।

प्रहरीमाथि आक्रमण भएको स्थान राजधानीबाट ६४ किलोमिटर टाढा पर्छ । मेक्सिकोका रक्षामन्त्री रोड्रिगो मार्टिनेज केलिसले यो आक्रमणबारे प्रहरीले आवश्यक कानुनी कदम चाल्ने बताए ।उक्त आक्रमणमा आक्रमणकारीतर्फ भएको क्षति भने स्पष्ट भइसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि