बैशाख २४, २०८१, सोमबार
               

इजरायल दुई वर्षमा चार पटक निर्वाचन

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौँथो पटक निर्वाचन हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । 

गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई नै सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो ।

बाध्यतावस गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो । गठबन्धनको केही महिनामै सरकारले नयाँ निर्वाचन गरी ताजा जनादेश लिने प्रयासहरू थालेको थियो ।

कोभिड–१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायलली प्रधानमन्त्री नेतन्याहुले कोभिड–१९ विरूद्धको अभियानलाई सफल पार्नुलाई आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गर्नुभएको छ ।

७१ वर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसकेका छन् । 

यसैगरी, नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि