मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिलमा एकैदिन थपिए ७६ हजार नयाँ सङ्क्रमित

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ । सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैबीच, ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । उनले शनिबार पहिलो खोप लगाएका हुन् ।

“कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,” खोप लगाएपछि पत्रकारहरूसँग उनले भने । उनले सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे । पूर्वराष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिनभित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि