जेठ ०५, २०८१, शनिबार
               

भारतमा एकैदिनमा यो वर्षकै धेरै कोरोना संक्रमित

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ संक्रमित थपिएका हुन ।

योसँगै भारतमा अहिलेसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिबार संक्रमितहरुको सङ्ख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना संक्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । 

भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ । तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना संक्रमित अवस्थामै रहेका छन् । संक्रमणमुक्त भएकाको सङ्ख्या भने ९६.८२ प्रतिशत रहेको छ ।   


कस्तो लाग्यो ?

यो पनि