जेठ ०५, २०८१, शनिबार
               

भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोना खोप

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरू चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ ।  कुल प्रयोग भएको खोपमध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।


कस्तो लाग्यो ?

यो पनि