बैशाख २३, २०८१, आइतबार
               

सिरियाका राष्ट्रपति दम्पतीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट संक्रमितहरुलाई देखिने सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनिहरु कोरोना भाइरसबाट संक्रमित भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । ‘सम्भावित केही लक्षणहरु देखिएपछि राष्ट्रपति अल असद र उहाँकी श्रीमती अस्माको कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा त्यो भाइरस रहेको देखियो,’ राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । सिरियामा कोरोना भाइसबाट अहिलेसम्म १५ हजार ९८१ जना संक्रमित भएका छन भने तीमध्ये अहिलेसम्म एक हजार ६३ जनाको मृत्यु भएको छ । 

यो पनि