भारत सरकारले नेपाल र भुटानसँगका सीमानाकामा १२ नयाँ बटालियन स्थापना गर्न भएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार योसँगै नेपाल र भुटानसँगकाे सीमा नाकामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल (एसएसबी) परिचालन हुने भएका छन्। जसका लागि एसएसबीले एसएसबीका लागि नयाँ बटालियन र फौज स्थापना गर्न सरकारले सहयोग पुर्याइसकिएको बताइएको छ ।
नयाँ जनशक्तिले सीमा सुरक्षा अझ सुदृढ पार्छ भन्ने कुरा सुनिश्चित भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतको नेपालसँग १,७५१ किलोमिटर र भुटानसँग ६९९ किलोमिटर खुला सिमानाका खुला छ ।