जेठ ०६, २०८१, आइतबार
               

बिबिसीका सम्वाददाता हिरासतमा

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

बिबिसीका सम्वाददातालाई इथिओपियाको सेनाले हिरासतमा लिएको छ। 

इथिओपिआको द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट सो सेनाले बिबिसी टिग्रिन्या सेवाका ती पत्रकार गिरमे र अन्य चारजनालाई कब्जामा लिएको हो । उनलाई इथिओपियाको क्षेत्रीय राजधानी मेकेलेबाट सेनाले कब्जामा लिएको थियो। उनलाई मेकेलेस्थित एक सैनिक शिविरमा राखिएको बताइएको छ।

बिबिसीले उनलाई गिरफ्तार गर्नुपर्नाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ र इथिओपियाका अधिकारीहरूसमक्ष सो गिरफ्तारीको विषयमा आफ्नो चिन्ता व्यक्त गरेको छ।

त्यहाँ हालैका दिनहरूमा फाइनान्सिअल टाइम्स र एएफपी न्यूज एजेन्सीका लागि काम गर्ने एकजना स्थानीय पत्रकार टामिराट येमाने र दुईजना दोभाषे आलुला अकालु र फिट्सम बरहेनलाई हिरासतमा लिइएको छ।

इथिओपिआको सरकारले गत नोभेम्बर महिनादेखि टिग्रेमा विद्रोही सैन्यसँग लडाइँ गरिरहेको छ।

टिग्रेमा द्वन्द्व सुरु भएयता महिनौँसम्म कडा रूपमा सञ्चारजगतमाथि प्रतिबन्ध लागू गरेका अधिकारीहरूले गत हप्तादेखि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई त्यहाँ प्रवेश दिएका थिए।


कस्तो लाग्यो ?

यो पनि