जेठ ०८, २०८१, मंगलबार
               

नाइजेरियाका अपहरित छात्रा रिहा

नेपाल फ्ल्यास
फागुन १८, २०७७

ADVERTISEMENT

नाइजेरियाको एक विद्यालयबाट अपहरित छात्रा रिहा भएका छन् । नाइजेरियन प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गरी जंगलमा लगेको थियो । 

‘अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा मलाई निकै खुसी भइरहेको छ,’ जाम्फारा राज्यका गभर्नर बेले मटावाले ट्विटमार्फत् भनेका छन् । 

अधिकारीहरूले कुल दुई सय ७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या तीन सय १७ बताए पनि त्यो सही नभएको बताएका छन् । सरकार र अपहरणकर्ताबीच भएको कुराकानीपछि छात्राहरुको रिहाइ सम्भव भएको एक अधिकारीले बताएका बिबिसीले उल्लेख गरेको छ । 

नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।  गएको डिसेम्बरमा नाइजेरियाको कत्सिना राज्यमा बन्दुकधारीले तीन सयभन्दा धेरै छात्रको अपहरण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि