बैशाख २३, २०८१, आइतबार
               

म्यान्मारमा प्रदर्शनकारीमाथि गोली चल्दा १०भन्दा बढीको मृत्यु

नेपाल फ्ल्यास
फागुन १६, २०७७

ADVERTISEMENT

म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १०जनाभन्दा बढीको मृत्यु भएको छ ।

यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्यधिक बल प्रयोग गर्दा सो घटना भएको हो । सो क्रममा १२ भन्दा बढी घाइते भएका छन् । बिबिसीका अनुसार प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली, अश्रुग्यांस, लाठी तथा पानीका फोहोरा हानेको उल्लेख गरेको छ ।

म्यान्मारमा फेब्रुवरी १ मा सेनाले सत्या हत्याएपछि विरोधमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । सामाजिक संजालमा पोष्ट गरिएका दृष्यहरुमा प्रहरीले प्रदर्शनकारीलाई लखेटि लखेटि कुटेका र केयौँ मानिसहरु रक्ताम्य भएका देखिन्छ ।

तर, सामाजिक संजालमा सार्वजनिक अपुष्ट विवरणअनुसार आइतबारका प्रदर्शनमा प्रहरीले गरेको दमनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि