बैशाख २५, २०८१, मंगलबार
               

काबुलमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०८, २०७७

ADVERTISEMENT

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीनवटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।  साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । 

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ः०० बजे भएको थियो । दोस्रो विस्फोट  १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताएका छन् । 

यस समाचारको विस्तृत विवरण प्राप्त नभएको र विस्तृत विवरणको लागि आपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटिएको समाचारमा जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि