बैशाख २४, २०८१, सोमबार
               

इक्वेडरका पूर्वराष्ट्रपतिको निधन

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ । अकस्मात हृदयघातका कारण मङ्गलबार उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । तर उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उनको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि उनका आफन्त तथा शुभेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिए । उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरे । 

नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि