बैशाख २४, २०८१, सोमबार
               

भारतमा बस दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

भारतको मध्यप्रदेशमा यात्रुवाहक बस नहरमा खस्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म २५ वटा शव नहरबाट बाहिर निकालिएको छ ।

मृतक संख्या बढ्न सक्ने बताइएको छ । सातजनालाई भने जीवितै उद्धार गरिएको छ। बसमा ५४ यात्रु थिए । प्रहरीका अनुसार बसको क्षमता ३२ जनाकाे भए पनि ५४ यात्रु बोकेको थियो।

उद्धारका लागि गोताखोर टोली त्यहाँ पुगेको छ । नहरमा पानीको बहाव तीव्र भएकाले उद्धार टोली पानीको सतह कम हुने प्रतीक्षामा छन्। 


कस्तो लाग्यो ?

यो पनि