बैशाख २४, २०८१, सोमबार
               

‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको कैद सजाय म्यानमार सेनाको घोषणा

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

म्यानमारकाे सैनिक ‘कू’ को विरोध गर्नेहरूलाई २० वर्षको कैद सजाय तोकेको छ । अब म्यानमारमा प्रदर्शनकारीले सैनिक बलमाथि अवरोध पुर्याउनेलाई जेल सजाय हुने भएको छ ।  

‘कू’ गर्ने नेताको गाली बेइज्जती गरे र उनीहरुविरुद्ध घृणा फैलाउने कार्यमा सहभागी हुनेहरूको सजाय थप हुने र जरिवना पनि तोकिने भएको छ ।

हालैका दिनमा म्यानमारमा हज्जारौं जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले आङ सान सुकीलगायत थुप्रै नेता रिहाका साथै प्रजातन्त्र पुनर्स्थापनाको  माग गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि