बैशाख २४, २०८१, सोमबार
               

अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

नेपाल फ्ल्यास
फागुन ०३, २०७७

ADVERTISEMENT

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरूले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपतिकाे जिम्मेवारीमा थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्वराष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्वराष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेका बताए।


कस्तो लाग्यो ?

यो पनि