बैशाख २४, २०८१, सोमबार
               

अक्ल्याण्डमा पुनः लकडाउनको घोषणा

एजेन्सी
फागुन ०३, २०७७

ADVERTISEMENT

न्यूजिल्याण्डमा पुनः कोरोना संक्रमण देखिएपछि मुख्य शहर अक्ल्याण्डमा तीन दिनका लागि पुनः लकडाउन घोषणा गरिएको छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि आकस्मिक बैठक आह्वान गरी लकडाउनको घोषणा गरेकी हुन ।

हाललाई लागु गरिएको लकडाउन पहिलेको भन्दा कडा हुने जनाइएको छ । 

पछिल्लो समय चार जनामा नयाँ स्वरुपको कोरोना भाइरस देखिएको थियो । त्यस्तै एकैदिन कोरोना भाइरस संक्रमितको संख्या ५० नाघेपछि पुनः लकडाउन गर्नु परेको प्रधानमन्त्री आर्डनको भनाइ छ ।

न्यूजिल्याण्डमा गत वर्षको फेब्रुअरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखापरेपछि लकडाउन गरी कोरोना नियन्त्रणमा लिइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि