जेठ ०६, २०८१, आइतबार
               

रुसको खोपले पायो बहराइनमा अनुमति

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडाैं । बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ । 

बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो । 

राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ ।

बहराइनका स्वास्थ्य अधिकारीले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अरु खोपको प्रयोग भने यसअघि नै सुरु भइसकेको थियो । 


कस्तो लाग्यो ?

यो पनि