बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्पका वकिल भन्छन् : महाअभियोग नौटङ्की नै हो

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगको आरोप खेपिरहेका छन् । जनवरी ६ तारेखमा संसद्मा भएको आक्रमणलाई लिएर उनीमाथि महाअभियोग लागेको हो ।

वकिलहरूले भने सो आक्रमणमा ट्रम्पको हात नरहेको दलिल गरेका छन्  । ट्रम्प समर्थकहरूले क्यापिटल भवनमा आक्रमण गरेका थिए । सो घटनामा पाँच जनाको मृत्यु भएको थियो, त्यसमा एकजना सुरक्षाकर्मी पनि रहेका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पका वकिलहरूले संसद्मा भएको हिंसा ट्रम्पका समर्थकहरूले स्वयं जिकिर गरेका छन् । समर्थकले आफ्नै विवेकमा गरेको आक्रमणप्रति ट्रम्प दोषी र जिम्मेवार नहुने तर्क उनीहरूको छ ।

सुनुवाइअघि ट्रम्पका वकिलहरूले घटना केही दिनअघिको तयारीमा भएको अनुसन्धानबाट खुलेको र त्यसका लागि ट्रम्पको संलग्नता नदेखिएको बताएका छन् । उनीहरूले ट्रम्प अहिले आमनागरिक भइसकेकोले महाअभियोगको कुनै अर्थ र वैधता नरहेको तर्क पनि गरेका छन्। त्यसैगरी ट्रम्प पक्षधरले सुनुवाइ असंवैधानिक भएको भन्दै त्यसलाई डेमोक्र्याटहरूको 'नौटङ्की' भएको उल्लेख गरेका छन्।

ट्रम्प समर्थक कानुन व्यवसायीले महाअभियोगको उद्देश्य विपक्षीलाई चुप लगाउनु रहेको भन्दै त्यसलाई निर्लज्ज कार्य भनेका छन् । 

ट्रम्पविरुद्ध आफ्ना समर्थकलाई उक्साएको आरोपमा महाअभियोग लगाइएको थियो । ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन् । उनले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने पनि बताएका छन् ।

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा आज मंगलबारदेखि महाभियोगबारे सुनुवाइ हुँदै छ ।

अमेरिकामा हालसम्म तीन जना राष्ट्रपतिले महाअभियोगको सामना गर्नु परेको छ । दुई पटक महाभियोग लागेका ट्रम्प अमेरिकाका एकमात्र राष्ट्रपति हुन् । 

- एजेन्सीबाट


कस्तो लाग्यो ?

यो पनि