बैशाख २२, २०८१, शनिबार
               

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ । अदालतबाट निस्कनेक्रममा उनले पत्रकारहरूसँग भने, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”

उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । सुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् ।

प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरूमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उनी १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानूनी व्यवस्था रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि