मंसिर ०७, २०८१, शुक्रबार
               

नाभाल्नीले अदालतमै पुटिनलाई भने ‘पोइजनर’

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

मस्को । नाभाल्नीले पुटिनलाई अदालतमै पोइजनर ‘विष दिने व्यक्ति’ भनेर सम्बोधन गरेका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई निलम्बित सजायका शर्तहरु उल्लंघन गरेको अभियोगमा मस्कोको एक अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको छ ।

लगातारको बिस्तारित विरोध प्रदर्शनका बाबजुद रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जेल सजाय भएको हो । 

गत अगस्टमा उनीमाथि नर्भ एजेन्ट अट्याक (विष दिएर मार्ने प्रयास) भएको थियो । त्यसपछि नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको थियो । जर्मनीबाट रुस फर्किए लगत्तै नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । नाभाल्नीका को भन्दै विश्वभरबाट आलोचना हुँदै आएको भए पनि रुसी सत्ताले त्यसको वास्ता गरेको छैन ।

मस्कोमा नाभाल्नीका समर्थकहरु जम्मा भएका थिए । समर्थकले गरेको प्रदर्शनमा प्रहरीले ज्यादती गरे प्रहरीले उनीहरुमाथि कुटपिट गरेको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा साझा भएका छन् । रुसका अरु विभिन्न शहरमा पनि हजारौँको संख्यामा समर्थकहरुले प्रदर्शन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि