जेठ ०१, २०८१, मंगलबार
               

कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जना गिरफ्तार

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा चीन सरकारले तीन सहरबाट ८० जनालाई  गिरफ्तार गरेको छ ।

न्युज सिन्ह्वाका अनुसार चीन सरकारले जियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोप पनि बरामद गरेको छ । प्रहरीले गत सेप्टेम्बरमा खोप भन्दै धेरै मूल्यमा पानी बेच्ने गिरोह पत्ता लगाएको एजेन्सीले उल्लेख गरेको छ । 

चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि