जेठ ०३, २०८१, बिहीबार
               

म्यानमारको सेनालाई सत्ता छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

एजेन्सी । म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् ।

राष्ट्रपति बाइडेनले म्यानमारकी नेतृ आङ सान सूचीसहित अन्य नेतालाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेकोमा त्यहाँका सेनाविरुद्ध आपत्ति जनाएका हुन् ।

उनले म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै यद्यपि नछाडे उचित कदम चाल्ने चेतावनी दिएका छन् । 

म्यानमारको सेनाले सोमबार सत्ता कब्जा गरेर नेतृ आङ सान सूची, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ भने एक वर्ष संकटकालको घोषणासमेत गरेको छ ।
 

यो पनि