मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीले गरे भरतपुर सिटीहलको शिलान्यास

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर सिटीहलको शिलान्यास गरेका छन् । शनिबार उनले भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकनजिक सिटीहलको  शिलान्यास गरेका हुन् ।  

सहरी विकास मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए ।

मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम एक अर्ब छ करोड रुपैयाँको रहेकामा ७७ करोड ७७ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार ३०० क्षमताको कन्फरेन्स हल रहनेछ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ ।

दुईवटा भर्‍याङ, दुईवटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैँचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङस्थल रहनेछ ।


कस्तो लाग्यो ?

यो पनि