बैशाख २५, २०८१, मंगलबार
               

दिल्लीमा इजरायली दूतावासनजिक विस्फोट : सिसिटिभी फुटेजमा जे देखियो

एजेन्सी
माघ १७, २०७७

ADVERTISEMENT

दिल्लीस्थित इजरायली दूतावासनजिक शुक्रबार साँझ भएको विस्फोटबारे अनुसन्धान गरिरहेको टोलीले केही प्रमाण फेला पारेको जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली पुलिस स्पेसल सेलले घटनाको सिसिटिभी फुटेज फेला पारेको हो । 

फुटेज (भिडियो) मा दुई जना व्यक्ति ट्याक्सीबाट ओर्लेर इजरायली दूतावासतर्फ जाँदैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चालकलाई सम्पर्क गरिएको छ र स्केच बनाइँदैछ ।

स्रोतका अनुसार सिसिटिभी फुटेजमा एक व्यक्तिले सडकछेउ राखिएको गाडीमा प्याकेट फ्याँक्दै गरेको देखिन्छ । 

दिल्ली पुलिसका अतिरिक्त जनसम्बन्ध अधिकारी अनिल मित्तलका अनुसार बम विस्फोटपछि एक जना मान्छे इजरायली दूतावासबाट बाहिर आए र भिडियाे बनाए ।

त्यसपछि साँझ ५:११ बजे प्रहरी र दमकल विभागलाई जानकारी दिइयो ।

'विस्फोट कम तीव्रताको थियो । यसमा कोही पनि घाइते भएनन् । केवल तीन कारका सिसा फुटेका छन्', मित्तलले भने ।

कुनै समूहले सनसनी (आतंक) फैलाउन यो विस्फोट गराएकाे हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि