मंसिर ०७, २०८१, शुक्रबार
               

वर्षमा झन्डै १८ अर्ब डलर कमाएका कुख्यात व्यक्ति पक्राउ

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

एजेन्सी । चीनमा जन्मेका क्यानाडाली तथा एसियाको ‘एल चापो’ को उपनामले पनि चिनिने कुख्यात अपराधी ५७ वर्षीय त्से ची लोप शुक्रबार एम्सटर्डम्समा पक्राउमा परेका छन् । उनी एक वर्षमै झन्डै १७ अर्ब ७० करोड अ‍ेमरिकी डलर कमाउने एसियाको अपराधको इतिहासमै सबैभन्दा खतरनाक समूह ‘दि कम्पनी’ का नाइके हुन् । 

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललगायत अन्य सुरक्षा निकायले ‘दि कम्पनी’ लाई ‘साम गोर’ को नामले चिनाउने गरेका छन् । त्सेले साम गोरको अवैध गतिविधिहरू विशेषगरी हङकङ, मकाउ र दक्षिणपूर्वी एसियामा सञ्चालन गर्दै आएको बुझिएको छ । तर, उनीविरुद्ध पक्राउ पुर्जी अस्ट्रेलियाली सरकारले सन् २०१९ मै जारी गरेको हो । 

अस्ट्रेलियामा आइपुग्ने अवैध लागुऔषधमध्ये सत्तरी प्रतिशतका लागि त्सेलाई जिम्मेवार ठह¥याइएको छ । उनको समूहले लामो समयदेखि अस्ट्रेलियालाई ठूलो परिमाणमा लागुऔषध को आयात र वितरण गर्ने थलोको रूपमा प्रयोग गर्दै आएको अनुसन्धानबाट खुल्न आएको छ । अस्ट्रेलियाली संघीय प्रहरी (एएफपी) लाई उद्धृत गर्दै स्काई न्युजले तिनीहरूले अवैध ढंगबाट आर्जन गरेको रकम अस्ट्रेलियाबाट अन्यत्र लाने गरेको उल्लेख गरेको छ ।

साम गोरले विश्वका कम्तिमा एक दर्जन मुलुकमा टनका टन मिथएम्फेटामाइन, हेरोइन र केटामाइनको कारोबार गर्दै आएको बताइएको छ । तर, तीमध्ये पनि त्सेको मुख्य कारोबार भने मिथएम्फेटामाइनमा केन्द्रित रहेको बुझिएको छ । सन् १९९८ मा अमेरिकामा हेरोइन आयात गरेको अभियोगमा दोषी ठहरिएका त्सेले ६ वर्ष लामो कारावास सजाय भोगेका थिए । 
 


कस्तो लाग्यो ?

यो पनि