जेठ ०२, २०८१, बुधबार
               

जलवायु परिवर्तनका मुद्दा समेट्दै बाइडेन : जारी गरे नयाँ कार्यकारी आदेश

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन सम्बन्धीका मुद्दालाई समेट्दै नयाँ कार्यकारी आदेश जारी गरेका छन्  । बाइडेनद्वारा जारी आदेशमा सीमित स्थान र क्षेत्रबाहेक उर्जा उत्खननमा प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ ।

सन् २०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने नीति लिइएको आदेशमा उल्लेख छ ।यस्तै, नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । पूर्वराष्ट्रपति ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गर्दै उर्जा उत्पादनलाई बढावा दिएकोमा बाइडेनले त्यसलाई पनि उल्ट्याइ दिएका हुन् ।

जलवायु परिवर्तनले सिर्जित संकट समाधानमा अमेरिकाले विश्वको नेतृत्व लिने बताउँदै बाइडेनले त्यसकाे सुरूवात अमेरिकाबाटै भएको बताए । उनले भने–‘हामीले धेरै लामो समय पर्खिसक्यौँ र अब थप पर्खिन सक्ने अवस्था छैन, ह्वाइट हाउसमा आजको दिन जलावायु दिवस हो ।’

 


कस्तो लाग्यो ?

यो पनि