बैशाख २१, २०८१, शुक्रबार
               

मोडेर्नाको खोपले नयाँ कोरोनालाई पनि परास्त गर्ने दाबी

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । औषधि उत्पादक मोडेर्नाले उत्पादन गरेको खोपले कोरोनाको नयाँ प्रकारलाई पनि परास्त गर्ने  वैज्ञानिकहरूले दाबी गरेका छन् ।

मोडेर्नाले  आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग लड्न पनि सक्षम देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।

प्रारम्भिक परीक्षणमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बिबिसीले जनाएको छ ।

यद्यपि, खोप लगाइएका मानिसहरूमा अध्ययन नगरिएकाले पूर्णरूपले त्यसले काम गर्नेमा पनि आशंका कायमै छ ।

सुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूले देखाएका छन् ।

सेप्टेम्बर महिनामा बेलायतबाट फैलिएको नयाँ प्रकारको भाइरस ७० प्रतिसतसम्म थप संक्रामक पाइएको विज्ञहरूले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि