जेठ ०४, २०८१, शुक्रबार
               

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवकको मृत्यु

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । टिकटक बनाउने क्रममा पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको छ । 

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकैको शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार टिकटक बनाउने क्रममा रेलमार्गमा हिँडिरहेका युवालाई रेलले ठक्कर दिँदा सो दर्घटना भएको हो । 

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्थामा रेलको ठक्करबाट मृत्यु भएको पाकिस्तान सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टिकटक पछिल्लो समय युवायुवतीको लोकप्रिय सामाजिकसञ्जालको रुपमा स्थापित भएको छ । अहिले प्राय: सबै युवायवतीको टिकटक एकाउन्ट  हुने गरेको  छ । आफ्ना फ्लोअर्स बढाउनका लागि उनीहरु जोखिम मोलेर भिडियो बनाउँछन् । नेपालमा पनि केही महिनाअघि टिकटक भिडियो बनाउने क्रममा पुलबाट खसेर एक युवाको मृत्यु भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि