बैशाख २५, २०८१, मंगलबार
               

बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

एजेन्सी
माघ १०, २०७७

ADVERTISEMENT

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथग्रहणमा खटिएका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका लागि खटाइएका थिए ।

तीमध्ये झन्डै एक सय ५० देखि दुई सयजनामा कोरोना पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ ।

गत जनवरी ६ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बाइडेनको जित अवैधानिक भन्दै संसद भवनमा आक्रमण गरेका थिए ।

ट्रम्पका समर्थकले हिंसा भड्काउने खतरा बढेपछि बाइडेनको शपथ ग्रहणमा बाक्लो रुपमा सेना तैनाथ गरिएको थियो ।

अमेरिका अहिले कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त देश हो ।

अमेरिकामा २ करोड ५३ लाख ९० हजारमा कोरोना पुष्टि भइसक्दा ४ लाख २४ हजारको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि