बैशाख ०५, २०८१, बुधबार
               

इटलीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

इटलीका प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानमार्फत् गिउसेप कोन्टेले विश्वासको मत  प्राप्त गरेका हुन् । 

संसद् सचिवालयकाअनुसार मतदानमा २७ जना अनुपस्थित थिए ।   पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ । 

मतदानको नतिजाअनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो । 

सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए ।  प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आमनिर्वाचन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि