भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि उखु बोकेको ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।
राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका अन्यलाई अस्पताल लगिएको छ ।