जेठ ०४, २०८१, शुक्रबार
               

बेलायतले लगायो अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

एजेन्सी । नयाँ कोरोना भाइरसको संक्रमण बढपछि बेलायतले सबै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको नयाँ प्रजातिबाट जोगाउनका लागि आगामी सोमबारदेखि लागू हुने गरी बेलायतमा सबै प्रकारका यात्रामा रोक लगाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।

नेगेटिभ रिपोर्टबिना बेलायत आउन नपाइने  भएको छ । अब बेलायत प्रवेशमा अनिवार्य कोरोनाको परीक्षण भएको देखाउनुपर्नेछ ।

नयाँ यात्रा प्रतिबन्ध फेब्रुअरी महिनाको १५ तारिखसम्म लागू रहने बीबीसीले जनाएको छ ।

बेलायतमा केही सातायता संक्रमण ५० प्रतिशतले बढिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि