जेठ ०५, २०८१, शनिबार
               

विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा संक्रमण

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख ५७ हजार ९५८ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ४२ लाख ८० हजार नाघेको हो ।

कोरोनाबाट निको हुनेको संख्या ६ करोड ७३ लाख २२ हजार २५९ जना रहेको छ । कुल संक्रमितका आधारमा निको हुने यो दर ७१.४० प्रतिशत हो । पछिल्लो २४ घण्टामा ५ लाख ९ हजार ९२१ जना निको भएका छन् ।

कुल संक्रमितको २६.४५ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ७५४ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ५७२ नाघेको हो ।

कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

 


कस्तो लाग्यो ?

यो पनि