जेठ ०५, २०८१, शनिबार
               

सुरक्षा कारबाहीमा परी ४६ विद्रोही मारिए

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार बिहान सबेरैसम्म भएको घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका हुन् ।

एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ)मा आवद्ध विद्रोहीहरू मारिएको प्रान्तीय गृहमन्त्री अजीओ गिगीले बताए । घटनामा परी एक महिला र दुई बर्षीय एक बच्चा मात्रै घाइते भएको जनाइएको छ । एडीएफ विद्रोही समूहले गत बर्षदेखि आफ्ना गतिविधिहरूलाई इटुरी र दक्षिण किभु प्रान्तमा विस्तार गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि