जेठ ०५, २०८१, शनिबार
               

कोरोनाबाट एकपटक सङ्क्रमित भएको व्यक्ति ५ महिनासम्म फेरि सङ्क्रमित नहुने तथ्य

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडाैं  । एकपटक कोरोना भाइरसबाट सङ्क्रमित भइसकेको व्यक्ति कम्तीमा अर्को पाँच महिनासम्म सङ्क्रमण हुनबाट बच्ने एक अध्ययनले देखाएको छ ।

सङ्क्रमण नभएका व्यक्तिको तुलनामा एकपटक सङ्क्रमित भएका व्यक्तिलाई फेरि सङ्क्रमण हुने सम्भावना ८३ प्रतिशतले कम हुने पब्लिक हेल्थ इङ्ग्ल्यान्डको एक अध्ययनले देखाएको छ ।

यद्यपि,  विज्ञहरूले कोरोना भाइरसको सङ्क्रमण कतिपय अवस्थामा दोहाेर्याएर हुनसक्ने र अरूलाई सार्न सक्ने सम्भावना भने रहेको बीबीसीको खबरमा उल्लेख छ ।

बेलायतका झन्डै २१ हजार स्वास्थ्यकर्मीकाे नियमित परीक्षणको नतिजामा यो अध्ययन गरिएको थियो । तीमध्ये पहिले सङ्क्रमण नभएका व्यक्तिहरूमध्ये ३ सय १८ जनालाई सङ्क्रमण भएको र सङ्क्रमित भएर निको भएका ६ हजार ६ सय १४ जनामध्ये ४४ जनालाई मात्रै फेरि सङ्क्रमण भएको थियो । वैज्ञानिकहरूले ती स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन् । 

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका सङ्क्रमितहरू यसअघि सोचिएभन्दा लामो समय बच्न सक्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि