बैशाख १७, २०८१, सोमबार
               

नेपाललाई कोरोनाविरुद्धको खोप दिन रुस तयार

एजेन्सी
पुस २९, २०७७

ADVERTISEMENT

रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने बताएको छ।

समाचार संस्था रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्युजलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ ।

आरआइएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको छ ।

रुसले उत्पादन गरेको स्पुतनिक भी खोप रुस, बेलारुस लगायत देशमा लगाउन थालिसकिएको छ।

अघिललो साता स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नेपालका लागि रुसका राजदूतसँग भेट गरेका थिए । 

सो भेटवार्तामा मन्त्री त्रिपाठीले खोप उपलब्ध गराइदिन आग्रश गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि