बैशाख २२, २०८१, शनिबार
               

कोरोना रोक्न मलेसियामा संकटकाल घोषणा

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

क्वालालम्पुर । कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । पछिल्लो समय मलेसियामा दैनिक २ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । मलेसियामा कुल १ लाख ३८ हजारभन्दा धेरैमा कोरोना संक्रमण छ ।

मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल्तान अब्दुल्लाले संकटकाल घोषणा गरेका हुन् । यो संकटकाल कोरोनाको अवस्था हेरेर १ अगस्टसम्म वा त्यसभन्दा अघि नै खुकुलो पनि हुनसक्ने दरबार स्रोतले जनाएको छ ।

संकटकाल घोषणाको अर्थ कानूनत संसद् स्वतः निलम्बन हुनेछ । प्रधानमन्त्री यासिनले आफ्नै ढंगले सरकार सञ्चालन गर्नेछन् । राजनीतिक वृत्तमा यो निर्णयले ठूलो झट्का दिएको छ ।

यासिनले यसअघि गत अक्टुबरमा संकटकाल लगाउन सिफारिस गरेपनि तत्कालीन समय राजाले यस कदमलाई अस्विकार गरिदिएका थिए । त्यतिबेला संसद्मा आफ्नो नेतृत्वमाथि आइलागेको चुनौतीबाट भाग्नका लागि यासिनले स्वास्थ संकटको दुरुपयोग गर्न खोजेको आरोप विपक्षीहरुले लगाएका थिए ।

मलेसियाका पछिल्लोपटक १९६९ मा संकटकाल घोषणा भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि